डाटा पुँजीवादकाे अर्को उच्च रुप !


बुटवल । सामाजिक संजाल एवम् वेवसाईटहरु जस्ता विभिन्न नयाँ नयाँ एपहरु डाटा पुँजीवाद कै अर्को उच्च विकसित रुपहरु हुन् । जसले तपाईं हाम्रो स्वभाव, भावना, विचार, दृष्टिकोण, मनाेविज्ञान र कामहरुकाे उच्च निगरानि, नियमन र नियन्त्रण गरिरहेको छ ।
तसर्थ सामाजिक संजाल तथा वेवसाईटहरु जस्ता विभिन्न नयाँ नयाँ एपहरुमा तपाईंहरु आफ्नाे स्वभाव जन्य प्रवृत्ति प्रकट गर्नु । भावनात्मक घटनाहरुकाे सार्वजनिक एवम् अभिव्यक्ति दिनु । अति संवेदनशील याेजनामुलक विचार र दृष्टिकोणहरु सार्वजनिक गर्नु,एवम् अभिव्यक्ति दिनु । तपाईंहरुका रुचि, ईच्छा, उदेश्य/लक्ष्य(मनाेविज्ञान) हरुकाे सार्वजनिक एवम् प्रदर्शन गर्नु वा अभिव्यक्ति दिनु, तपाईं आँफै स्वयम् संलग्न हुनुभएको अति संवेदनशील निजि एवम् सार्वजनिक याेजनाका कामहरूकाे अभिव्यक्ति दिनु तथा प्रदर्शन गर्नु वा प्रकाशित गर्नुले स्वयम् तपाईंहरुको लागि प्रतिउत्पादक बन्ने छ ।
जसले क्षणिक लाभ र आत्म सन्तुष्टि त तपाईंहरुको लागि मिलेता पनि निकट भविष्यमा तपाईंहरुको लागि अभिसाप अर्थात हानिकारक हुनेछ, बेफाइदा पुग्नेछ ।
लेखक :- मुक्ति गैरे























