मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

आधुनिक घट्ट फस्टाउदै

उमेश रोकाया
२०८१ माघ १२ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ १२ । परम्परागत घट्ट हराउँदै आधुनिक घट्ट फस्टाउदै गएको छ । पुर्खादेखि खोला नजिकै छेउछाउमा चलनचल्तीमा परम्परागत घट्ट प्रयोग गर्दै आइरहेका आजभोलि आधुनिक घट्ट सञ्चालनमा आएपछि गाउँका अधिकास खुशी भएका छन । पहिला घट्ट गाउँ नजिकै नहुदा २/३ घण्टा पैदल हिडेर दुई दिन पूरा लगाएर गेडा पिसेर खाने गरिन्थ्यो । आधुनिक घट्ट सञ्चालन गरेको एक वर्ष भयो अहिले गाउँमा परम्परागत घट्ट भन्दा छोटो छरितो हुने हुँदा छिमेकी गाउँका मान्छेहरू आउने गरेको हिमाली गाउँपालिका – ६ का पठाने सार्कीले बताउनुभयो ।

उहाँले बताउनुभयो, “आधुनिक घट्ट चलाएर घरपरिवार जीवन निर्वाह गर्न पुग्छ, लगाउन अहिलेसम्म पुगेको छैनन् ।” आफू घट्टालो काम गर्न लागेको एक वर्ष भएको छ । घट्टबाट गेडा पिसे बापत उठेको धुलो जति भयो त्यति घरमा लिएर परिवारको पेट पाल्ने गरेको सार्कीले बताएका छन । पहिला गाउँमा घट्ट नहुदा विभिन्न ठाउँमा गएर गेडा पिस्नु पर्ने बाध्यता अहिले हटेको छ ।

आधुनिक घट्ट नहुनु भन्दा घण्टौ हिडेर एक रात बास बसि गेडा पिसेर जानुपर्ने स्थिति कम हुँदै आएको छ । “परम्परागत घट्ट एक कट्ठा कोदो तथा गहुँ पिस्न दिनभर लगाउने गरिन्थ्यो । अहिले आधुनिक घट्ट सञ्चालनमा ल्याएपछि दिनमा ३/४ कट्टा गेडा पिस्ने गरिन्छ ।” गाउँ नजिकै आधुनिक घट्ट सुचारु हुँदा स्थानीय बासिन्दा लगायत छिमेकी गाउँ बस्तीका मान्छेहरू सहज भएको स्थानीय बताउँछन् । परम्परागत घट्ट हराउँदै आधुनिक घट्ट फस्टाउदै गएको छ ।

पहिला गाउँमा घट्ट नहुदा विशेषगरी गाउँकि महिला गाउँबाट पिठ्युँ बोकेर टाढा जानुपर्ने अवस्था थियोे । अहिले गाउँमा आधुनिक घट्ट सञ्चालन भएपछि पिठ्युँमा बोकेर गेडा पिस्न जानुपर्ने अवस्था अन्त्य भएको छ । समय परिवर्तन संगै परम्परागत घट्ट नयाँ आधुनिक घट्ट सञ्चालनमा ल्याएको छ ।

कमेन्टहरु