डिएसपी भट्टराई र नेपाल प्रहरीका बसन्त थापाले ठुलो मात्रामा तस्करी गराउदै

वीरगंज । सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र नेपाल प्रहरी को संरक्षणमा बाराको मटिआर्वा, नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।सशस्त्र प्रहरीले बारा जिल्लाको छेउछाउमा रहेका नाकाहरुमा देखावटीको लागि तस्करीमा कडाई गरि किराना सामान, घरयासी प्रयोजनका ल्याउने सामानहरु समेतमा कडाई गरि जनतालाई दु:ख दिएको छ। भन्ने ग्रामीण भेगका नाका मटिआर्वा ,
नाकाबाट छुट दिई ठुलो मात्रामा तस्करी गराउदै आएका छन।सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा मटिआर्वा , नाकावाट ठूलो मात्रामा कवाड ,लत्ताकपडा , क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा ईलाची , लत्ताकपडा ,भैसी, काजु , किसमिस, धान जस्ता ठूलो मात्रामा भेैईरहेको समाचार प्राप्त भएको छ।मटिआर्वा नाकाबाट विरेन्द्र नाऊको तस्करले करिब १० देखि १५ वटा मोटरसाइकल प्रयोग गरि काजु, किसमिस र लत्ताकपडा र मुन्ना को धान , श्याम कुसुवाहा ,कबाड ,धनिलाल कपडा ,मान्वाका कपडा प्रकाश को आफ्नै गाडी भैंसी , लगाएतको सामानहरुको तस्करी गर्दे आएका छन् सशस्त्र प्रहरी बल १२ नम्बर गणका बाराका प्रमुख .बिदुर भट्टराई. र नेपाल प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख बिदुर भट्टराई निर्देशन विपरीत तस्करी लाईन दिई धज्जिया उडाउदै हिडेका छन। आहिले मटिआर्वा नाका बाट कबाड र लत्ताकपडाको तस्करी ठुलो चम्केको छ ।
कबाड, लत्ताकपडा , हाडयेवर लगाएतको तस्करी सो नाकाबाट धेरै दिन देखि चलिरहे विभिन्न पत्र पत्रिकामा आएपनि प्रहरीले रोक्न सकेको छैन । रोक्न नसक्नुले सशस्त्र प्रहरी माथि प्रशन्न खडा भएको छ ।सशस्त्र प्रहरीको संरक्षणमा मटिआर्वा नाकाबाट दिनहुुँ ३० देखि ५० सयको हराहरीमा ठेलामा कबाड लोड गरि नेपालबाट भारततर्फ भित्र्याउने गरेको छ भन्ने रातिको समयमा १५ वटा भन्दा बढी मोटरसाइकलमा लोड गरि सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु लोड गरि भारतबाट नेपाल भित्रिने गरेको छ ।तस्करहरुले कवाडको नाममा विभिन्न महंगा-महंगा सामानहरु नेपालबाट भारततर्फ लैजाने समेत गरेका छन् । उनीहरुले खास गरेर रातिको समयमा मटिआर्वा गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु पुर्याउने गरेका एक स्थानीयले बताए ।मटिआर्वा नाकाबाट हुने कवाड तस्करी वापत, सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख सिंह, सशस्त्र प्रहरी मटिआर्वाका डिएसपी बिदुर भट्टराईले लाखौ रुपैयाँ बुझि ठुलो मात्रामा कबाडको तस्करीको लाइन खुलाएका हुन् ।त्यस क्षेत्रमा लागि खटिने सशस्त्र प्रहरी मटिआर्वाको सेटिङ्गमा राति राति कबाडको नाममा बहुमूल्य बस्तुहरु भारततर्फ निर्यात हुने गरेको ती स्थानीयको दाबी छ । बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने सर्तमा एक जना प्रहरीले बताए।रातदिन सशस्त्र प्रहरीको सिमामा गस्ती रहे पनि तस्करीका सामान बरामद नहुनु, मानिस पक्राउ नपर्नुले मिलेमतो भएको पुष्टि गर्दछ ।
बाराको, मटिअर्वा,नाकाबाट भने दिउँसो र रातीको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ ।























