देश

आफ्नै गोली प्रहारबाट घाइते जवानको उपचारका क्रममा मृत्यु

दिप्शन गुरुङ
२०८१ माघ १२ | बिहान १०:१० बजे

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ)मा ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । 

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

कमेन्टहरु