फोनिज रुपन्देहीको अध्यक्षमा मीन राना निर्बिरोध चयन


बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको नयाँ समिति सर्वसम्मत चयन भएको छ । शनिबार रुपन्देहीको बुटवलस्थित पितृ बाजि बज्या थानमा भएको अधिवेशनले मीन रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
फोनिज रुपन्देहीको उपाध्यक्षमा राज चौधरी, सचिबमा आकृती थापा, सहसचिवमा मनु गुरुङ, कोषाध्यक्षमा पार्वती थारु, सदस्यहरुमा जगत ठाडा मगर, वसन्त सिंजाली, सुमन थापा, निलम चौधरी, एकु राना, नारायणी पाटा मगर, जगिलाल थापा र खिम रेस्मी मगर चयन भएका छन।
निर्वाचन समिती संयोजक फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, केन्द्रिय सदस्य कमल चौधरी र पार्षद्मा सदस्य प्रविण गाहा मगर रहेको निर्वाचन मण्डलले मीन रानाको नेतृत्वमा नयाँ कार्यसमिती निर्बिरोध चयन गरेको हो ।
फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष सोनु थापाको अध्यक्षता तथा रूपन्देहीको कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी पुन मगरको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।
























