घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

भेडा गोठमा आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट

उमेश रोकाया
२०८१ माघ ११ | बिहान ०८:१० बजे

बाजुरा, माघ १० । जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ बच्छ्यामा एक भेडा खर्क आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट भएको छ । बिहीबार दिउँसो १ बजे हावाले एक्कासि चुलाबाट आगाे लागेर वडा नम्बर ५ का गाैरी मलालकाे भेडा खर्कमा आगलागी भएको हो ।

भेडा खर्कमा भित्र भएका लत्ताकपडा, नगद ७० हजार रुपैया, नेपाली नागरिकता बैककाे चेक र भेडिपाठा ५ वटा आगलागीबाट जलेर नष्ट भइ क्षति भएको स्थानीय राज मलालले बताउनुभयो ।

कमेन्टहरु