मधेश प्रदेश

अवरुद्ध भएपछि मधेस प्रदेशसभा बैठक स्थगित

नवलपुर टुडे
२०८१ माघ १० | मध्यान्ह ०५:१० बजे

जनकपुरधाम । दश मिनेटका लागि स्थगन भएको मधेस प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले भाषासम्बन्धी विधेयकमा आफूहरुको भाषा समावेश नगरेको भन्दै आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगन भएको थियो।

प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले १० मिनेटका लागि स्थगन भएको बैठक प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को निमय ३४ बमोजिम शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगन भएको जानकारी दिए।

बुधबार मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रामीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रस्तुत गरेपछि बिहीबारको बैठकमा सत्तापक्ष र विपक्षीदलहरुले त्यसको विरोध जनाए।

उनीहरुले मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई मात्र प्रदेशको कामकाजको भाषाको रुपमा समावेश गरिएको भन्दै थारु, उर्दू, तामाङ्गलगायत यहाँ बोलिने सबै मातृभाषालाई कामकाजको भाषाको रुपमा समावेश गर्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगन गरेका थिए।

कमेन्टहरु