देश

डा.सुभाष सुब्बा ९ दिन पछि बिना शर्त छुटे

नवलपुर टुडे
२०७७ भदौ ३१ | बिहान १०:०५ बजे

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार बिना शर्त रिहा भएका छन् ।

तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा बस्ने सुब्बालाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको थियो । सुब्बा रिहा भएपछि उनका समर्थकहरुले मंगलबार चक्रपथ क्षेत्रमा मोटरसाइकल र्याली गर्दै नक्खिपोटसम्म पुर्याएका थिए ।

उक्त र्यालीमा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ समूहका नेता कार्यकर्ताहरु झण्डा लिएरै सामेल भएका थिए । डा.सुब्बा पक्राउ पर्न साथ उक्त संगठनले बिना शर्तको माग गर्दै आइरहेका थिए ।

सुब्बा पक्राउ परेपछि मंगोलन नेशनल अर्गनाइजेशन- डा.गोपाल गुरुङ संगठनले बिना शर्तको रिहाई माग गर्दै बिज्ञप्ती निकालेका थिए । कार्यकर्ताहरुले पनि सामाजिक सञ्जाल मार्फत हिराइको आवाज उठाएका थिए ।

कमेन्टहरु