देश

मन्त्रिपरिषदको बैठक बस्दै

नवलपुर टुडे
२०८१ माघ ७ | बिहान ११:१० बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकारले संसद्को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ । यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ । सम्भवतः आजैको बैठकबाट हिउँदे अधिवेशनका आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।

कमेन्टहरु