देश

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी दिनेशकुमार आचार्य

नवलपुर टुडे
२०८१ माघ ४ | मध्यान्ह ०५:१० बजे

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य चयन भएका छन् ।महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ । यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।

कमेन्टहरु