अपराध

रुपन्देहीको इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु

नवलपुर टुडे
२०८१ माघ ४ | बिहान १०:१० बजे

बुटवल । रुपन्देहीमा एक मजदुरको कुटपिटबाट मृत्यु भएको  छ । जिल्लाको  सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको  जिल्ला  प्रहरी कार्यलय रुपन्देहीले जनाएको  छ। मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् ।

उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

 

कमेन्टहरु