वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए उजुरी


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् । उनीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो ।
बिहीबार प्रहरीमा उजुरी दिएर फर्किंदै छु,” त्रिपाठीले भने, “यस विषयमा प्रहरीले उचित अनुसन्धान गर्ला भन्ने विश्वास गरेको छु ।” नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए । सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा उनीमाथि आक्रमण गरिएको थियो ।























