मुख्य समाचार, मौसम, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात

उमेश रोकाया
२०८१ माघ ३ | मध्यान्ह ०२:१० बजे

बाजुरा, माघ ०३ । बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षा सँगै हिमपात सुरु भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार बिहानैदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ।

बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष मंसिर अन्तीम साताबाट सेताम्बे हुने चुचुराहरु केहि बर्षदेखि भने मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे स्थानीयले बताएका छन ।

वर्षा संगै हिमपातका कारण जिल्लाका उच्च हिमाली भेगम क्षेत्र लगायतका बिद्यालयहरु समेत प्रभाबित भएका छन । महिनौंदेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन्। सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि सुक्न थालेका बाली बर्षाले गर्दा किसानहरु खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण जिल्लाका उच्च पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा भएको कृषक बताए। वर्षा र हिमपातमा कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार वटा स्थानीय तह लगायत हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहहरुलाई वर्षाले निकै बालिनालीमा सहयोग पुगेको छ।

कमेन्टहरु