लेखक तथा पत्रकार श्रीधर खनालकाे निधन

नवलपुर टुडे
२०८१ माघ ३ | मध्यान्ह ०३:१० बजे

काठमाडौ । लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ। बिहीबार बिहान ९४ वर्षको उमेरमा खनालको निधन भएको हो ।
उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो। उहाँका ‘मुर्कट्टा लास,’ ‘छ औंले मान्छे,’ ‘पानको गुलाम,’ ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प,’ ‘बिखालु इच्छापत्र,’ ‘बाह्र बजेको घण्टी,’ ‘भेनसका हिप्पीहरू’ र ‘नाङ्गिएकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए। त्यसबाहेक ‘हङकङको व्यापारी,’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन,’ ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए।
नेपालको पहिलो जासुसी उपन्यास लेखक खनाल नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य थिए। साथै, उनी दुई कार्यकाल त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्यसमेत रहेका थिए।
खनालको पार्थिव शरीरको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।























