अपराध

रवि लामिछानेले बुझाए धरौटी रकम

नवलपुर टुडे
२०८१ माघ २ | मध्यान्ह ०६:१० बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् ।

लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् । यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

 

कमेन्टहरु