देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता

नवलपुर टुडे
२०८१ माघ २ | बिहान ०६:१० बजे

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् ।
मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले बताए । ४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन् ।
पुलमा उनको कपडा र मोबाइल भेटिएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट देवघाटबाट २ किलोमिटर पश्चिमतर्फ पर्छ ।























