मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

सञ्चारमा जाेडिए पाँडी बासी

उमेश रोकाया
२०८१ माघ १ | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ ०१ । बाजुरा जिल्लाको पुर्वि क्षेत्रमा रहेकाे हिमाली गाउँपालिकाका ६ का पाँडी गाउँका बासी ६ वर्षपछी फेरि सञ्चारमा जाेडिएका छन् ।२०७५ साल देखि काेल्टीमा रहेकाे स्काइ टावर बिग्रिएपिछ यहाँका स्थानीय सञ्चार सेवाबाट वञ्चित हुँदै आएका थिए । यती बेला हिमाली गाउँपालिकाकाे लामाे प्रयास पछि फेरि यहाँका स्थानीय छ वर्ष पछि सञ्चारमा जाेडिएका हुन् । उहाँले भन्नुभयाे लामाे समय सम्म हामी सञ्चारबाट बन्चित हुँदै आएकाे थियाै । कसैलाइ फाेन गराै भने अग्लाे डाँडा तथा रुपमा उक्लिनु पर्थ्याे । अहिले गाउँमै टेलिफाेन सेवा सुचारु हुँदा अहिले घर भित्रबाट नै बिदेश गएका आफनतहरु सँग भिडियाे कल गरने गरेकाे छ। कोल्टीको हुनी डाडा रहेको स्काइ टावर बिग्रेको दिनदेखि पाँडी गाउँका १ सय ४५ घरका मान्छेहरू टेलीफोन सेवा बन्चित थिए। गाउँमा टेलिफोन सेवा नहुदा त्यहाका स्थानीयलाई फोन गर्ने घरको छत तथा गाउँको आसपासका डाडा धाएर फोन गर्नुपर्ने स्थिति रहेकोे थियोे। गाउबाट बाहिर अध्यन गर्ने तथा पढाईको सिलसिला बस्ने आफ्ना फोन गर्न खोज्दा अग्लो ठाउँमा पुगेर फोनबाट कुराकानी गर्ने बाध्यता थियो। वर्षौंदेखि टेलिफोन बन्चित भएको गाउँ अहिले टेलिफोन टावर सञ्चालन आएपछि गाउँ सर्वसाधारण टेलिफोन गर्ने मात्र नभएर ईन्टरनेटमा पनि जोडिएका स्थानीय कर्ण बहादुर रावलले बताएका छन।

भौगोलिक हिसाबले पिछडिएको भएपनि सडक, खानेपानी, बिजुली, स्वास्थ्य र बिधालय लगायत गाउँमा विकासको फट्को देखिन्थ्यो। तर मुख्य पहिलेदेखि झेल्दै आउनुपर्ने टेलिफोन टावरको समस्या अहिले समाधान भएको छ। अहिले गाउँमा पहिलो पटक टेलिफोन संगै फोर्जी सेवा सञ्चालनमा आउँदा ८२ प्रतिशत मान्छेको हातमा मोबाइल फोन तथा ईन्टरनेट घरमा बसेर चलाउन पाएका छन। २१ औं शताब्दीमा ईन्टरनेट जमानामा पनि गाउँमा फोन गर्न पनि मुस्किल अवस्था थियोे अहिले जुन पहिला भएको टेलिफोन बन्चित हुनुपर्ने बाध्यता हटेको छ।

उहाँले बताउनुभयो, “गाउँमा सबै थोक बिकास भएपनि टेलिफोन सेवा मुख्य समस्या थियोे। अहिले गाउँ नजिकै लेकडाडामा टेलिफोन सेवा निर्माणकार्य सम्पन्न गरेर सञ्चालनमा आउँदा आजभोलि टेलिफोनबाट बन्चित भएको गाउँ फोन गर्न मात्र नभएर फोर्जी सेवा सञ्चालन हुँदा घरको कुनाबाट आफ्ना आफ्न्त संग फेस्बुक चलाएर भिडियो कल सहित गर्न पाएका छन।” वर्षौंदेखि टेलिफोन सेवा समस्याले चपेटामा परेको पाँडी गाउँ अहिले फोन गर्नेका लागि घरदैलोमा बसेर गर्नुपर्ने स्थिति आउँदा गाउँका बुढोपाखा सबै खुशी भएका छन। पहिल फोन गर्न भ्याइनभ्याई घरबाट टाढा गएर फोन गर्नुपर्ने अवस्था थियोे। पुष २९ गतेदेखि टेलिफोन टावर उद्घाटन गरेपछि अहिले गाउँमा फोन लगायत ईन्टरनेट चलाउन पाएका स्थानीय लाल बहादुर लवारले बताए।

पाँडी गाउँमा फोन सेवामा बन्चित हुँदा फोनबाट हुने सूचना समय हुन सक्दैन थियोे। आफु फोन चाहियो भने मात्र फोन हुने बाहिरबाट फोन गरेर पुर्‍याउने खबर फोन समस्याले गर्दा समयमा खबर नपाउने स्थिति थियोे। हिजोआज फोन गर्न घरभित्र आनन्द बसेर फोन गर्न पाएका छौँ। ठूलो टज मोबाईल हुने मान्छेहरु फोर्जी चलाएर नेट ईन्टरनेट चलाउन पाएका छन। विकट ठाउँमा टेलिफोन सेवा सञ्चालन सहयोग गर्ने हिमाली गाउँपालिका लाई गाउँका सबैले धन्यवाद दिएका छन। अहिले गाउँमा एक घरदेखी अर्को घर केही कुरा भन्नलाई पनि फोन गरेर रैबार गर्ने गरेका छन। विगत जुन टेलिफोन टावर समस्याको अहिले समाधान भएको छ। गाउँमा जताततै गयो फोन मात्र नभएर मोबाइल भिडियो र अडियो कल गर्न पाएका हिमाली गाउँपालिका – ६ पाँडी स्थानीय दिर्ग थापाले बताएका छन।

कमेन्टहरु