घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु

उमेश रोकाया
२०८१ पुस २९ | मध्यान्ह ०२:०९ बजे

बाजुरा, पौष २९। बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।

शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते बालिकालाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । उनको टाउँकोमा चोट लागेको नाक, कानबाट रगत बगिरहेको र बारम्बार वान्ता गरिरहेकी थिइन् ।

शरीरमा गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले शनिबार नै  थप उपचारका लागि जिल्ला बाहिर लैजान डाक्टरहरुले आग्रह गरेका थिए । तर उनको घरको आर्थिक अवस्था कमजाेर भएपछि उपचार नपाएर उनले ज्यान गुमाउनु परेकाे जनाइएकाे छ ।

कमेन्टहरु