मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
पाँडीको टेलीफोन टावर अध्यक्ष मल्ल द्वारा उद्घाटन


बाजुरा, पौष २९। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा नेपाल टेलीफोन टावर उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गर्नुभएको छ। टेलीफोन टावर सञ्चालन आएपछि त्यहाँ गाउँका १ सय ४५ घरधुरी वर्षदेखि टेलिफोन सेवा पाएका छन। जसले गर्दा गाउँ अधिकास मान्छेहरु घरको कुनाबाट आफ्ना आफन्त संग कुराकानी भिडियो कल गर्दै खुशी भएका छन। पहिला फोन गर्न मुस्किल हुने गाउँ ठाउँमा अहिले फोन मात्र नभएर घरको दैलो कुनाबाटै मोबाइलबाट भिडियो कल गरेर सबैको हातहातमा मोबाइल फोन गर्नको लर्को परेका स्थानीय सन्देश रावलले बताउनुभयो। फोन गर्न घरको छत तथा डाडा काडा धाउनुपर्ने बाध्यता आजबाट हटेको छ। गाउँको मुख्य जटिल समस्या टेलिफोन टावर थियो आज टेलीफोन टावर निर्माणकार्य सम्पन्न गरे संगै सञ्चालन आएको छ।
गाउँमा टेलिफोन टावर सञ्चालन आउँदा गाउँमा फोनको समस्याको समाधान भएको छ। अहिले गाउँमा साना मोबाइल फोन गर्न लागेका छन। धेरै वर्षपछि गाउँमा टावर भन्दा अहिले गाउँ भन्दा बाहिर आफ्ना आफ्न्त संग खुशीको साथमा फोन तथा भिडियो गर्न लागेका छन। अब गाउँ तथा जिल्ला बाहिर बस्ने आफ्ना आफन्त संग फोन सम्पर्क सेवा सहित ईन्टरनेट जडान हुँदा सामाजिक संजालमा गाउँका फोटो अप्लोड गर्ने गरेका स्थानीय तुलसिङ रोकायाले बताएका छन। अहिले पनि फोन गर्न गाउँ भन्दा डाडा काडा चढेर आफ्न् संग कुराकानी गर्न बाध्यता अन्त्य भएको छ। गाउँ भन्दा देश विदेश आफ्ना संग फोन गरेर तत्काल गाउँमा टावर आयो भनेर खबर दिने आदानप्रदान गर्ने गरेका छन। गाउँमा टेलिफोन टावरको जटिल समस्या भोग्नुपर्ने अवस्था अहिले हटेको स्थानीय केश बहादुर रोकायाले बताएका छन। अहिले घरको भित्रबाट नेपालगन्ज काठमाडौ पढ्न तथा रोजगार लागी गएका आफ्ना छोराछोरी संग फोन मात्र नभएर भिडियो कल गर्न पाउदा अत्यन्तै खुशी छाएको स्थानीय रोकायाले बताए।
विगतदेखि फोन सेवाबाट बन्चित भएपनि पछिल्लो समयमा टेलिफोन टावर सञ्चालन हुँदा गाउँका धेरै स्थानीय मान्छेहरू खुसी व्यक्त गरेका छन। टेलिफोन टावर उद्घाटन गरे पश्चात् गाउँमा गाउँ टेलिफोन जोडिएका छन। वर्षौंदेखि टेलिफोन टावर समस्याले गर्दा गाउँमा फोन सेवाबाट बन्चित हुने पर्ने अवस्था नरहेकोे छ। टेलीफोन टावर सुचारु भएपछि गाउँका सानाठूला सबैको हातमा मोबाइल भएका जति टेलिफोन सेवामा गाउँमा फोन मार्फत कुराकानी गर्ने ओहिरो लागेका स्थानीय कर्न रोकायाले बताएका छन।
लामो समयपछिको प्रयासमा टेलिफोन टावर सञ्चालन ल्याउन सफल भएका हो। आफू निर्वाचित भएको केही वर्षपछि सबै केन्द्र प्रदेश जिल्ला विभिन्न ठाउँमा पहल गर्दागर्दै आज पाँडी गाउँमा टेलीफोन सञ्चालन गर्न पाएका छन। अहिले गाउँका सर्वसाधारण मान्छेहरु फोनबाट कुराकानी गर्न पाएका छन। केही मान्छेहरु एक अर्कामा भिडियो कल गर्ने गरेका छन। पहिला फोन गर्न गाउँ भन्दा टाढा जानुपर्ने स्थिति अहिले समाधान भएको छ। गाउँ अधिकास स्थानीय गाउँमा टावर निर्माण संगै सञ्चालन आएपछि खुशी भएका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। हिमाली गाउँपालिका बिच्छ्या, गुम्बा र कुवाडी लगत्तै टेलीफोन निर्माणकार्य अगाडि बढाइने भएको छ। पालिका केन्द्र रहेको टेलिफोन टावर फोर्जी सेवा अबको २/३ दिनमा सुचारु गर्ने काम गरिने भएको अध्यक्ष मल्लले बताउनुभयो।























