मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको बिच्छ्यामा तिन महिना भित्र बिजुली सेवा पुग्ने


बाजुरा, पौष २८ । बाजुरा जिल्लाको अति विकट हिमाली गाउँपालिको बिच्छ्यामा ३ महिना भित्र बिजुली सेवा पुग्ने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर १,२,३ र ५ का ८ सय २ परिवारले उपभोग गर्न पाउने भएका छन। गाउँपालिका काधुरी अग्रिकलचर एसोसिएसन गोर्खा नेपाल संस्था संगको सहकार्यमा विद्युत सेवा बिस्तार गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
वडा नम्बर २ स्थित नातिखोला लघु जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भैरहेको छ। उहाँले भन्नुभयो, “काधुरी प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार आगामी वर्ष जेष्ठ महिना सम्म बिच्छ्याका सबै गाउँमा बिजुली पुगिसक्ने छ। १४ करोड ५५ लाख रूपमा लागत निर्माणधिन सोही योजनाको १ किलोवाट क्षमता विद्युत उत्पादन रहेकोे छ।” काधुरीले विद्युतको साथै बिच्छ्याका चार स्थानमा झुलेङे पुल खानेपानी योजना चारकोठे शौचालय र खानेपानी व्यवस्थापन समेत काम गर्ने भएको छ।


















