मुख्य समाचार, मौसम, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा उच्च हिमाली भेगमा मौसम बदलियो संगै चिसो बढ्यो


बाजुरा, पौष २८ । बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। आज बिहानबाट मौसम परिवर्तन आएको केही समयमा हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका केही उच्च भागमा मौसम परिवर्तन संगै चिसो भैरहेको छ।
आकाशमा बादल लागे संगै वर्षाले गर्दा बाजुरा केही स्थानहरूमा चिसो कारण जनजीवन कष्टकर भएको छ। त्यति मात्र नभएर यहाँको स्थानीयहरु लाई वर्षा हुने सम्भावना देख्दा कृषक निकै खुशी भएको छन। वर्षा भए संगै चिसो अत्यधिक मात्रामा बढेपछि सुदुरपश्चिम उच्च पहाडी भग रहेका हिमाली भेगका जिल्लाहरुमा वर्षा भैरहेको छ। अहिले जिल्लाका पुर्वी माथिल्लो भेगमा वर्षा हुन लागेको छ। यहाँका कृषकलाई फलफूल तथा खेतीपाती ठुलो राहत हुने भएको छ। अहिले वर्षा संगै उच्च स्थानमा हिउँ परिरहेको छ। मौसम फेरबदल भए संगै उत्तिकै चिसो मात्रा बढिरहेको छ।


















