इनरुवामा भिँड तथा दंगा नियन्त्रण कार्यलाई प्रभावकारी
देवराजा यादव
२०८१ पुस २८ | बिहान ०९:०९ बजे

सुनसरी । सुनसरी जिल्लाको सदरमौकाम इनरुवामा भिँड तथा दंगा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने अभ्यास कार्यक्रम गर्ने भएको छ ।
जिल्ला सुरक्षा समिती सुनसरीको आयोजनामा भिँड तथा दंगा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इनरुवामा नेपाल प्रहरी नेपाल आर्मी र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुलाई भिंड एवं दंगा नियन्त्रण तथा कर्फ्यु आदेश सम्मको संयुक्त अभ्यास प्रदर्शनी कार्यक्रम गर्नेभएकाे छ ।
जिल्लाका सराेकारवालाहरुको गरिमामय उपस्थितीमा कार्यक्रम गर्ने जनाएको छ ।कार्यक्रम ईनरुवाकाे, जेल फिल्डको खेलमैदानमा-विहान १०:०० वजे बाट सुरु हुने जनाएकाे छ।























