समाचार

सिसहनियाँमा राप्ती मिट सप एण्ड सप्लार्यस् र ईशा सप्लार्यसको उद्घाटन

दिप्शन गुरुङ
२०८१ पुस २७ | मध्यान्ह ०८:०९ बजे

धर्मेन्द्र कुर्मी चौधरी
कपिलवस्तु । लुम्बिनी प्रदेशको राजधानी दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, प्रगतिनगर सिसहनियाँमा शनिबार एक कार्यक्रमका बीच राप्ती मिट सप एण्ड सप्लार्यस् र ईशा सप्लार्यसको उद्घाटन गरिएको छ ।

राप्ती गाउँपालिका-१, पाखापानी निवासी गायक तथा माेडेल श्रीधर कँडेल र राप्ती गाउँपालिका-४, माैरीघाट निवासी युवा व्यवसाय अभिनास भट्टराईले संयुक्त रूपमा उक्त दुई वटा सप्लार्यस् सञ्चालनमा ल्याउनु भएकाे हाे । माघी पर्वलाई लक्षित गरी ग्राहकहरूकाे मागलाई मध्यनजर गरी एक ठाउँमा दुई वटा सप्लार्यस् सञ्चालनका ल्याएकाे सप्लार्यस्का सञ्चालक कडेलले बताउनुभयाे ।

राप्ती मिट सप एण्ड सप्लार्यसमा तयारी बाेलाइलकाे कुखुराकाे मासु, जिउँदाे बाेइलर र अण्डा बिक्री शुरू गरेकाे छ । जस अन्तर्गत माघी पर्वलाई लक्षित गरी ताजा बाेइलर कुखुराकाे मासु प्रति ३०० मा बिक्री बितरण शुरू गरेकाे छ ।
यस्तै ईशा सप्लार्यस् मा कुखुरा, बाख्रा, सुँगुर, गाई, भैंसी लगायतका पशुपंक्षीकाे दाना बिक्री शुरू गरेकाे छ । अन्य पसल भन्दा सस्ताे तथा सुपथ मूल्यमा दाना बिक्री भईरहेकाे बताईएकाे छ ।

कमेन्टहरु