मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पाँडीमा टेलीफोन टावर निर्माणकार्य अन्तिम चरणमा


बाजुरा, पौष २६। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्य अन्तिम चरणमा रहेकोे छ। गाउँको लेकडाडामा टेलिफोन टावर सञ्चालन हुन लागेको करिब १ वर्षपछि टेलिफोन टावर निर्माण अहिले अन्तिम चरणमा रहेकोे छ। गाउँका १ सय ४५ घरधुरी ७ वर्षदेखि टेलिफोन बाट बन्चित भएका छन। जसले गर्दा गाउँ अधिकास मान्छे आफ्ना आफन्त संग कुराकानी देखि सूचना प्राप्त गर्ने फोनका कारणले जटिल समस्या परेका छन। टेलिफोन टावरको निर्माणका काम अन्तिम चरणमा पुगेको छ। टेलिफोन टावर काम सम्पन्न भएपछि सञ्चालनमा आयो भने गाउँका टेलिफोन सेवाबाट टाढा नहुनेपर्ने भएको स्थानीयले बताए।
गाउँमा टेलिफोन टावर समस्या हुँदा गाउँ भन्दा बाहिर आउने र जाने आफ्ना आफन्त संग फोन सम्पर्क सेवाबाट बिहिन रहेका छन। अहिले पनि फोन गर्न गाउँ भन्दा डाडा काडा चढेर आफ्न् संग कुराकानी गर्न बाध्यता रहेकोे छ। गाउँ भन्दा बाहिर अथवा जिल्ला बाहिरका आफ्ना आफन्तले फोन संजाल गरेर तत्काल गाउँमा खबर दिनुपर्ने अवस्था हुँदा पनि गाउँमा टेलिफोन टावरको जटिल समस्या भोग्नुपर्ने अवस्था हट्ने भएको स्थानीय देवराज रावलले बताएका छन।
विगतदेखि फोन सेवाबाट बन्चित भएपनि पछिल्लो समयमा टेलिफोन टावर निर्माण गर्न कार्य अन्तिम चरणमा पुगेको हुँदा गाउँका धेरै स्थानीय मान्छेहरू खुसी व्यक्त गरेका थिए। टेलिफोन टावर अब केही दिनमा सुचारु गर्न लागिपरेका छन। टेलिफोन टावर अहिले निर्माणकार्य सम्पन्न हुन लागेको छ। वर्षौंदेखि टेलिफोन टावर समस्याले गर्दा गाउँमा फोन सेवाबाट बन्चित हुने पर्ने बाध्यता रहेकोे छ। जसका कारणले गाउँका सानाठूला सबैको हातमा मोबाइल भएपनि टेलिफोन सेवा समस्या भएकै कारणले गाउँमा फोन मार्फत कुराकानी गर्ने समस्याको समाधान हुने भएको स्थानीय चिन बहादुर रावलले बताएका छन।























