अपराध

दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेश

नवलपुर टुडे
२०८१ पुस २६ | बिहान ०६:०९ बजे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई  तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

प्रसाईंविरूद्धको आपराधिक लाभ र संगठित अपराध कसुरमा ३ थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्। त्यस्तै हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी माग भएको छ।

प्रसाईं, फुयाल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौ‌ले मुद्दा दायर गरेको थियो। मैनाली फरार छन्।

 उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो। प्रसाईंले भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।

कमेन्टहरु