कर्णाली प्रदेश, समाज

कालीकोटका तीनसय २५ बिपन्न परिवारका बालबालिकालाई न्यानो कपडा

नवलपुर टुडे
२०८१ पुस २६ | बिहान ०६:०९ बजे

कालीकोट । बिपन्न परिवारका बालवालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका भित्रका तीनसय २५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । बालअधिकारको क्षेत्रमा काम गरिरहेको सेभःद चिल्ड्रेनको आर्थिक सहयोग, कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनामार्फत गाउँपालिका भित्रका तीनसय २५ जना जोखिम बालबालिकालाई हिउँदको चिसो छल्न न्यानो कपडा बितरण गरिएको छ ।

गाउँपालिका भित्रका सातसय ७७ जना जोखिम बालवालिका भित्रका अति बिपन्न तीनसय २५ बालवालिकालाई न्यानो कपडा बितरण गरिएको सहयात्रा परियोजनाले जनाएको छ । परियोजना ब्यवस्थापक रामवहादुर रावतले बालवालिकालाई कपडा प्रदान गरिएको बताउनुभयो । 

ब्यवस्थापक रावतले गाउँपालिका भित्रका जोखिम बालवालिकामध्ये वडा बालअधिकार समितिले सिफारिस गरेका बालवालिकालाई न्यानो कपडा दिइएको जानकारी दिनुभयो । गाउँपालिकाभरी आठ वडा रहेका छन् । यहाँका सबै वडा बालअधिकार समितिले सिफारिस गरेर पठाएको नामको आधारमा बिभिन्न उमेर समूहका बालवालिकालाई कपडा बितरण गरिएको सेभःद चिल्ड्रेनका अधिकारीले जनाएका छन् । 

परियोजना संयोजक जगदिशवहादुर सिंहले परियोजनाको मूख्य लक्ष्य जोखिम बालवालिकाको समग्र ब्यवस्थापन गर्ने भएकाले मौसम अनुसारको सहयोग प्रदान गरेको बताउनुभयो । हामीले चिसो मौसममा बालवालिकालाई जोगाउन न्यानो कपडा, बिद्यालयमा नियमित गराउन पोशाक र शैक्षिक सामग्री सहयोग गर्दैआएको सुनाउनुभयो । 

कमेन्टहरु