मधेश प्रदेश

पर्साका सबै स्थानीय तहका वडा कार्यालयबाट अनलाइनबाट नागरिकताको सिफारिस हुने

नवलपुर टुडे
२०८१ पुस २४ | बिहान १०:०९ बजे

वीरगञ्ज । पर्साका सबै वडा कार्यालयबाट अनलाइनबाट नागरिकताको सिफारिस हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयहरुलाई नयाँ नागरिकता सिफारिस अनलाइन प्रविधिमार्फत गर्न सूचित गरेको छ। 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले एक सूचना जारी गर्दै नागरिकताको प्रतिलिपि बाहेक नयाँ नागरिकता अनलाइन प्रबिधिबाट सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहका सूचना प्रबिधिअधिकृत र वडा सचिवलाई निर्देशन दिएका हुन् ।

यसका लागि गृह मन्त्रालयद्वारा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धि तालिम पनि संचालन गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

माघ २८ गतेबाट अनलाइन प्रबिधिबाट नागरिकता सिफारिस गर्न/गराउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो। 

472013937 575238358689604 367673261530729265 n

कमेन्टहरु