यातायात

नवलपरासीको परासीबाट चार चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण सुरु

नवलपुर टुडे
२०८१ पुस २४ | बिहान ०९:०९ बजे

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । यहाँ २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यसअगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो ।  

सेवा थप भएसँगै चारपांग्रे सवारीसाधन  (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा,  ई–रिक्सा र ट्याक्टरको अनुमतिपत्रका लागि अनलाइन आवेदन माग गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपांग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । 

यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागु भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको  छ ।

कमेन्टहरु