समाचार

बर्दघाटमा अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ भेटियो (तस्बिरसहित)

नवलपुर टुडे
२०८१ पुस २२ | मध्यान्ह ०४:०९ बजे
बर्दघाट, पुस २२। नेपालका लागि अत्यन्त दुर्लभ मानिने अलिभ किलब्याक सर्पको पहिलो स्पष्ट तस्बिर बर्दघाटमा खिचिएको छ। सर्प उद्धारकर्मी दुर्गा लामिछाने र फोटोग्राफर राज अधिकारीले संयुक्त रूपमा सर्पको फोटो खिचेर ऐतिहास कायम गरेका हुन्।

यो सर्प दक्षिण एसियामा पाइने भए पनि नेपालमा बिरलै देखिन्छ। यसअघि यो सर्पको उपस्थिति पुष्टि भए पनि स्पष्ट तस्बिर खिचिएको थिएन। यस पटकको दस्तावेजिकरणलाई नेपालमा यस प्रजातिको पहिलो फोटोग्राफिक प्रमाणका रूपमा लिइएको छ।

अलिभ किलब्याक सर्प कोलुब्रिडे परिवारमा पर्ने अविषालु प्रजाति हो। यो सर्प श्रीलंका, बङ्गलादेश, भारत, र नेपालमा पाइने भए पनि नेपालमा यसको उपस्थिति धेरै दुर्लभ छ। भारतको तमिलनाडु र आन्ध्र प्रदेश जस्ता क्षेत्रमा यो सर्प सामान्य रूपमा देखिन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा यस प्रजातिलाई कम चासोका प्रजातिका रूपमा वर्गीकृत गरिएको छ।

तस्बिरहरु: दुर्गा लामीछाने र राज अधिकारी

1736155265 WhatsApp%20Image%202025 01 06%20at%2008 57 44 2ba14212
1736155265 WhatsApp%20Image%202025 01 06%20at%2008 57 44 84b2541a
1736155263 WhatsApp%20Image%202025 01 06%20at%2008 57 44 562d81df
1736155264 WhatsApp%20Image%202025 01 06%20at%2008 57 43 5b55666c

 

 
 

कमेन्टहरु