मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
काङ्ग्रेस सय दिने विशेष अभियान वडामा सम्पन्न


बाजुरा, पुष २१ । नेपाली काङ्ग्रेस १०० दिने विशेष अभियान हिमाली गाउँपालिकामा वडा नम्बर ६ मा नेपाली काङ्ग्रेस वडा सम्मेलन गरिएको छ। असोज ७ गतेदेखि पौष २५ गतेसम्म १०० दिने विशेष अभियान वडा नम्बर ७ मा यहीँ पौष महिनाको १६ गतेदेखि सञ्चालन गरिएको छ। नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति निर्देश, जिल्ला कार्यसमिति र गाउँ कार्यसमिति निर्णय अनुसार नेपाली काङ्ग्रेस १०० दिने विशेष अभियान सञ्चालन भएको हो। नेपाली काङ्ग्रेस बलियो बनाउनका लागि पाटीको क्रियाशील नयाँ बनाउने र पुरानो क्रियाशील सदस्यलाई नवीकरण गरेर पुष २५ गतेसम्म फर्म पठाउनुपर्ने निर्णय गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ७, ४ र ६ नेपाली काङ्ग्रेस सय दिने अभियान सम्पन्न गरिएको छ। बाकी रहेका वडामा पौष २५ गतेसम्म सम्पन्न गर्ने कार्यक्रम सञ्चालन गरिएको जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डेले बताएका छ्न।
पाटी सुदृढीकरण संगै पालिका वडामा भएका भातृसंघ गठन साथसाथै लैजाने उद्देश्य रहेकोे छ। सोही कार्यक्रममा नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अमर रावल प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानद पाण्डे लगायत जिल्ला प्रदेश क्षेत्रीय ‘क’ कार्यसमिति गाउँ कार्यसमिति वडा टोल कार्यसमिति लगायत कार्यकर्ता भेला सहित उपस्थितिमा बाक्लो सहभागी सय दिने विशेष अभियान तथा वडा सम्मेलन गरिएको वडा गाउँ कार्यसमिति सभापति अमर रावलले बताए। अभियान कार्यक्रम नेकपा एमाले पाटी परित्याग गरेर कर्न सार्की, जनपुरा सार्की र बाच सार्की लगायत घरपरिवार नेपाली काङ्ग्रेस प्रवेश विना स्वार्थमा आएका छन।


















