सुनवल मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाईते


नवलपरासी । आज सुनवलमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ, भने पछाडी सवार घाईते भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका- ५ बस्ने वर्ष अन्दाजी १८ को कुलदिप प्रजापति रहेको छ । सोही स्थान बस्ने बर्ष १९ को सुरज सहानी घाईते रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब १:५० बजे सुनवल नगरपालिका- २ बत्रौलीस्थित सुनवल परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशा तर्फ बिग्री (टायर पन्चर) रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठक्कर खान जांदा दुर्घटना भएर चालक र पछाडी सवार घाईते भएका थिए ।
घाईतेहरुलाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रुपन्देहीमा पुर्याउदा मोटरसाइकल चालकलाई अस्पतालका डाक्टरले दिउँसो ३ बजे मृत घोषण गरेको हो । घाईते मध्ये पछाडी सवार सुरज सहानीको सोही मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था अहिले सामान्य रहेको कार्यालयका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टम पश्चात् आफन्तले बुझिलगेको र घटना बारे थप अनुसन्धान कार्य भईरहेको बोहराले बताए ।























