शिक्षा, समाज

त्रिवि नेपालभाषा सर्वाेकृष्ट साेमि डंगोल, आर आर क्याम्पस उत्कृष्ट तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

रिदेन महर्जन
२०८१ पुस २१ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । सुकुन्दा साहित्य पालाकाे अ‍ायाेजनामा रत्न राज्यलक्ष्मी क्याम्पसकाे सभा हलमा अन्तरास्ट्रिय खेलाडी सम्मान, नेपालभाषा सर्वाेकृष्ट हुने तथा नयाँ विध्यार्थी स्वागत तथा विदाई कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ। 

पुस २० गते शनिबार सम्पन्न कार्यक्रममा  काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्य,  अन्तर कलेज साहित्य पाःलाः का पुर्व अध्यक्ष  हितकार वीरसिंह कंसाकार, नेवाः बस्ति स्कुल अभियानकाे संयाेजक दिप तुलाधर, आर आर क्याम्पस सहायक डाेलराज काफ्ले र नेपाल भाषा केन्द्रीय विभागका पुर्व प्रमुख चन्द्रमान बज्राचार्य, क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीकाे विशेष अतिथि र पालाका पूर्व अध्यक्षहरु,शिक्षक शिक्षिकाहरुकाे आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हाे।

करिब सय जना उपस्थिति रहेकाे कार्यक्रमका प्रमुख अतिथि सुनिता डंगोलद्वारा सुकुन्दामा दिप प्रज्वलन गरेर सुभारम्भ भएको कार्यक्रममा नेपालभाषा अध्ययनरत अन्तराष्ट्रिय सेपाकताक्राे खेलाडी सुमित्रा डंगोल, त्रिभुवन विश्वविद्यालय  नेपालभाषा सर्वाेकृष्ट साेमि डंगोल, स्नातकोत्तर तह रत्न राज्यलक्ष्मी क्याम्पस नेपालभाषा सर्वाेकृष्ट कृता बज्राचार्य लगायत सम्मानित भए ।

photo 2025 01 05 12 45 38

नेपालभाषा स्नातक तहमा अध्यन गर्न भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्ने, स्नातक र स्नातकोत्तर तहमा अ‍ाफ्नाे अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रममा पालाका सचिव रिदेन महर्जनले नेपालकाे अस्तित्व र  इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाति र भाषाकाे ठुलाे महत्त्व रहेकाे जनाउनुका साथै  नेपालभाषा अध्ययन स्नातक र स्नातकोत्तर तहमा पूरा गरेका विद्यार्थी हरुकाे उज्ज्वल भविस्यकाे कामना गर्नुका साथै नेपालभाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरे ।

विशेष अतिथि क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले  नेपालकाे अस्तित्व र  इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाति र नेपालभाषाकाे ठुलाे महत्त्व रहेकाे जनाउनुका भाषा रहे मात्रै कनै पनि जातिकाे अस्तित्व रहन्छ त्यसैले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्यापन र अध्ययन गर्न नेपालभाषा अभियान्ता प्रशान्त डंगोल , रिदेन महर्जन लगायत अभियान्ताहरुकाे पहल कदमीकाे खुलेर प्रसंशा गर्दै नेपालभाषा अध्यापनमा कुनै कमिकम्जाेरी हुन नदिने वाचाका गरे।

विषेश अतिथि हितकर वीर सिंह कंसाकारले सबै पालाहरु निष्क्रिय रहेकाे अवस्थामा सुकुन्दा साहित्य पाला पुन: गठन गरेर विविध क्रियाकलाप गर्दै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाई आकर्षण गर्दै आइरहेकाेमा खुसि व्यक्त गरे ।

प्रमुख अतिथि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले नेपालभाषा अभियान्ताहरुकाे पहलमा स्नातक र स्नातकोत्तर तहकाे  अध्यापन रत्न राज्यलक्ष्मी क्याम्पसमा भैरहेकाे प्रति खुसि व्यक्त गर्नुका साथै नेपालभाषा विषयमा विद्यार्थी आकर्षण गर्न र शिक्षक शिक्षिकाहरुलाई प्राेत्साहन गर्न नेपालभाषा अध्यापन निरन्तरता गर्न महानगरकाे मात्रै मुख ताकेर नबसिकन नेपालभाषा अध्यापनकालागी समयानुकूल आवश्यक पुर्वाधारकाे व्यवस्थापन गर्न क्याम्पस प्रशासनले यथासिघ्र स्थायी दरबन्दीकाे माग गरेर नेपालभाषालाई स्थायित्व दिन पहल कदम चलाउनु पर्ने बताउनुकासाथै यसाे गर्दा विद्यार्थी, शिक्षकहरुलाई सुविधा हुने भएपनि क्याम्पस अ‍ात्मनिर्भर भएर सञ्चालन गरेकाे विषयले समाज र देसमा छुट्टै प्रभाव पार्ने   हुनाले निकट भविस्यमै आवश्यक दरबन्दी माग गरि व्यवस्थित तवरले नेपालभाषा अध्यापन अगादि बधेकाे हेर्ने इच्छा रहेकाे र साे कार्यकाे लागि  आफ्नाे तर्फबाट गर्नुपर्ने सम्पूर्ण  साथ र सहयाेग रहन्छ भन्नेकुरा जनाए ।

साे कार्यक्रमका सभाध्यक्ष  सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले कार्यक्रम आयाेजना गर्नुकाे मुख्य उद्देश्य नेपालभाषीहरुकाे बहुमुल्य सम्पत्ति भाषा, काला, साहित्य, संस्कृति, संस्कार, सम्पदाकाे अध्ययन अध्यापन गर्न सहज वातावरण निर्वान गर्न,विद्यार्थी हरुलाई आकर्षण गर्न  साथै साे नेवा:सम्पदाकाे संरक्षण सम्वर्दन व प्रवर्दन गर्न नेवा: संघसंस्थाहरुलाई घच्घचाउने र नेपालभाषाका  विद्वान विदुसिहरुले भाषा, कला,साहित्य, संस्कृति,क्षेत्रमा पुर्याउनुभएकाे याेगदानकाे उचित मुल्यांकन गरी उनिहरुद्वारा रचित बहुमुल्य  कृतिहरुकाे संरक्षण गर्न अप्रकाशित कृतिहरु नेपालभाषा एकेडेमीमार्फत प्रकाशनमा ल्याउन सन्देश दिन साे कार्यक्रम आयाेजना गरेकाे जनाए ।कार्यक्रम नेवा: गायक, लिपि अभियान्ता पवित्र वीर कंसाकारले सञ्चालन गरिएकाे कार्यक्रममा आर आरमा सर्वाेकृष्ट हुनु भएकी कउता बज्राचार्यले नेपालभाषा विषय खाली सबैले पढ्नै पर्ने विषय भएकाे जनाउदै नेपालकाे संस्कृति, ईतिहास, साहित्य, अभिलेख जस्ता अध्यन,  अनुसन्धान  हुने भएकाले एकदम राेचक भएकाे जनाइन ।

कमेन्टहरु