मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
कामप्रति जिम्मेवारी हुन कर्मचारीलाई आग्रह: अध्यक्ष मल्ल


बाजुरा, पुष २१ । हिमाली गाउँपालिका भित्रका सबै कर्मचारीले आफ्नो कार्यालय जिम्मेवार प्रति बफादार हुन आग्रह गरेका छन। गाउँपालिका भित्र रहेका बिधालय शिक्षक र स्वास्थ्य संस्था कर्मचारीलाई कार्यालय समय भित्र गर्नुपर्ने कामको जिम्मेवारी पुर्ण रूपमा लागेर काम गर्नुपर्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। पालिका बजेट सबैभन्दा बढी लगानी शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको छ। अरुभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै बजेट जुन ठाउँमा लागेको छ, लगानी जतिको त्यति आउनुपर्ने नतिजा अहिलेसम्म आउन सकेको छैन।
आफू पहिलो निर्वाचन २०७४ निर्वाचित भएर पुनः दोस्रोपटक गाउँपालिका अध्यक्ष पदमा दोहोरिएको हु । पहिलोपटक निर्वाचित हुँदा स्थानीय तह ऐन २०७४ को नियम अनुसार पालिकाबाट पहिलोपटक ४१ वटा शिक्षक नियुक्ति गरेको हो। त्यसपछि छिमेकी पालिका त्यही निति नियम भित्र रहेर अहिले देशभर स्थानीय तहमा स्वयंसेवक शिक्षक राख्ने गरेका छन। पहिला गाउँ बस्तीमा रहेका बिधालय संस्थाहरुमा निजी तहका शिक्षक राखेर उनलाई तलब खुवाउन घरको अन्नबाली बेचेर अथवा गाउँमा आएको निर्माण योजनाका काम श्रमदान गरेर आएको पैसाले तलब खुवाउने गरेका थिए। पालिकाले स्वयंसेवक शिक्षक नियुक्ति गरिसकेपछि अहिले त्यो समस्या हटेर अन्त्य भएको छ। हिमाली गाउँपालिका दुई स्वस्थ्य चौकी र १२ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना सहित सेवा प्रवाह भएका छन। लाखौं रुपैयाँ औसधि सहित स्वास्थ्यकर्मी गाउँमा खटाएका छन। जुन वडा टोलमा भएका स्वास्थ्य संस्थामा भएका जति गाउँपालिकाले कर्मचारी खटाएका जतिका सबैलाई आफ्नो कार्यालय समय भित्र काम नियमित सेवामा प्रभावका रूपमा लाग्नुपर्छ ।
स्थानीय तह संचालन आइसकेपछि गाउँघरका सर्वसाधारण व्यक्तिले पाउने सेवा सुबिधा गुणस्तर खालको हुनुपर्छ। पालिका भित्रका २२ वटा बिधालय शिक्षक/शिक्षिका स्थायी, राहत, करार स्वयंसेवक कर्मचारी तथा १४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी लगायत कर्मचारी आफ्नो कार्यालय समय अवधिमा उपस्तिथि नभई कार्यालय दिइने सेवा सुबिधा तलमाथि हुन गएमा कोहि कसै कर्मचारीलाई छुट दिइने छैनन्। पालिका भित्रका जुनसुकै सरकारी कार्यालयबाट जनताले पाउने सेवा गुणस्तरमा केही खस्केको पाइएको गुनासो आफू कहाँ आएमा पालिका अन्तर्गत कर्मचारीलाई आगामी केही महिनापछि हेरफेर गरेर हटाउने व्यवस्था समेत गरिने भएको छ।
हामीले जतिसुकै लगानी लगाएका छौँ त्यो यहाँका स्थानीयलाई विकास निकास देखि लिएर सजिलोसँग सेवा सुबिधा पाउन भन्नका लागि गरिएको हो। आज शनिबार एक अनौपचारिक कार्यक्रम राखेर शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीति दलका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम पालिका भित्र नजिकैको ६ नम्बर वडाका सबै सरकारी कर्मचारी उपस्थितमा शिक्षा र स्वास्थ्य क्षेत्र सम्बन्धि बृहत छलफल गरेका छन। सबै वडामा सनिश्चवार दिन मिलाएर कर्मचारी, जनप्रतिनिधि र शिक्षक बीच अन्तरक्रिया कार्यक्रम बाकी रहेका वडाहरुमा गरिने अध्यक्ष मल्लले बताउनुभयो। आफ्नो कार्यकालको अन्तिम सम्म पुग्न २ वर्ष रहेपनि नतिजा आउनुपर्ने जति आउन सकेको छैन। चुनावमा जनता संग गरेका प्रतिबद्धता आफ्नो बाचा जिम्मेवारी पूरा गर्न रातदिन नभनी लागेको छु।























