समाचार

व्यवसायिक पत्रकारिता गरौं, श्रमजीवी बनौं : पुर्वअध्यक्ष गिरी

नन्द किशोर कुर्मी (लालु)
२०८१ पुस २० | मध्यान्ह ०५:०९ बजे

कपिलवस्तु । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो ।

रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरु व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकारहरू आफ्नो गाउँठाउँको समाचारहरूलाई प्राथमिकताका साथ छाप्नुपर्ने बताउनु भएको छ । चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले मिडियाहरूलाई मर्ज गर्ने गरी सबै एकजुट हुनुपर्नेमा धारणा राख्नुभयो । धेरै मिडिया भएकोले सबैलाई एकीकृत गरी अगाडि बढ्नु पर्ने पाण्डेको भनाई रहेको थियो ।

photo 2025 01 04 17 22 13

शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले पत्रकारहरु स्थानीय सरकारको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश अकोराबका पूर्वअध्यक्ष राजु खरालले कपिलवस्तु पश्चिमका पत्रकारहरू क्रियाशील बन्दै गएको प्रति खुशी व्यक्त गर्नुभयो । पत्रकारका नेता समेत भएका खरालले पत्रकारहरू संस्थागत विकास तर्फ अग्रसर भई लाग्नुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शनिल्ला धोबीले पत्रकारितालाई मजबुत तरिकाले लैजानुपर्ने बताउनुभयो । धोबीले व्यापारी व्यवसायीले समेत पत्रकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुका अध्यक्ष सनिउल्ला धोबीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ समिति सर्वसम्मत रुपले चयन गरिएको छ ।

कपिलवस्तुको चेम्बर अफ कमर्सको सभाहाल चन्द्रौटामा भएको रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा सुर्य गुरुङ ,उपाध्यक्ष बृजेश जयसवाल, उपाध्यक्ष (महिला ) विष्णु (विपना) पौडेल, महासचिव केशव बेल्बासे रहनु भएको छ ।

त्यस्तै सचिवमा अजय मिश्र, सचिव(समावेशी) पदमा बृजेश यादव, काेषाध्यक्ष पदमा अनेक पाण्डे, सह काेषााध्यक्ष पदमा कृष्ण पौडेलसहित निर्वाचित २९ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु खरालले जानकारी दिनुभयो ।

कमेन्टहरु