मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका १५ औं गाउँ अधिवेशन सम्पन्न, ७ एजेन्डा पारित


बाजुरा, पुष १८ । जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका गाउँ सभाको १५ औं गाउँ अधिवेशन सुरु भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गाउँ सभा उद्घाटन गरेका छन। गाउँपालिकाले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने अभियानका साथ गाउँ सभा सुरु गरिएको छ। गाउँपालिका कार्यालय शाखा अन्तरका स्वास्थ, कृषि, शिक्षा, रोजगार, पञ्जिकरण, पशु, प्राविधिक तथा आर्थिक शाखा अन्तरका अहिलेसम्म गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका छन।
गाउँपालिकाको अर्धवार्षिक समिक्षा बारेमा पनि छलफल गरेका छन। आर्थिक वर्ष २०८१/०८२ पौष महिना सम्म बाढी पहिरो र भुकम्पको कारणले समुदाय स्तरमा क्षति भएको योजनाहरुको मर्मत सम्भार एवं पुनः निर्माण गर्नका लागि रकमान्तरण, शिर्षक परिवर्तन र श्रोत परिवर्तन गरि व्यवस्थापन गर्ने, फोहोर मैला व्यवस्थापन ऐन २०८१ सभामा पेश, गाउँपालिकाको लागि आवश्यक जग्गा भोकअधिकारी प्राप्त गर्न लिज ऐन बमोजिम संघीय सरकार संग अनुरोध गर्ने, खलाडील कम्पानी मैतार्ना बौडी सडक चालु आर्थिक वर्षमा नपुग बजेट आगामी बजेटको लागि आर्थिक वर्ष २०८२/०८३ को बजेट छुट्ट्याउदा व्यवस्थापन गर्ने गरिएको ठेक्का आह्वान गर्ने, शाखागत एवं वडा गत प्रगति समिक्षा, हिमाली गाउँपालिका भित्रका मौषम जन्य बिपदका कारण बस्ती विस्तार गर्नुपर्ने बोल्डिक बोर्ता लगायत बस्तिको लागी सम्बन्धि निकाय अनुरोध गर्ने सम्बन्धमा सहित ७ वटा एजेन्डाहरु सभा पारित गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो।
स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि गाउँ सभामा छलफल गरेका छन। पालिका भवन, खेलकुद, औद्योगिक भवन, स्वास्थ्य संस्था, पर्यटकीय क्षेत्र,सरकारी कार्यालय भएको क्षेत्रहरू गाउँपालिका लागि आवस्यक जग्गाहरु अधिकार लिजमा गर्नेका लागि संघिय सरकार संग अनुरोध गर्ने र किउडी बस्तीलाई बिजुली बत्ती बिस्तार गर्नका लागि विशेष पहल गरिएको छ। पालिका भित्रका सरकारी कार्यालय काम प्रतिफल आउने गरि कर्मचारीलाई काम गर्न समेत आग्रह गरेका छन। सरकारी तथा गैरसरकारी संस्थाका काम वडा जनप्रतिनिधिहरुले नजिकैबाट हेरफेर गर्न वडाका जनप्रतिनिधिलाई आग्रह गरेको गाउँ सभा अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
गाउँ सभामा हिमाली गाउँपालिका गाउँ सभा अध्यक्ष गोबिन्द बहादुर मल्ल, गाउँ सभा उपाध्यक्ष राजकला सार्की, सभा सदस्य सचिव निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्य, गाउँपालिका शाखा प्रमुख कर्मचारी सहित पत्रकारको उपस्थितिमा गाउँ सभा सम्पन्न गरिएको छ।























