समाचार

श्रीमत भागवत कथा र नवाह यज्ञ कलश यात्रा सम्पन्न

दिप्शन गुरुङ
२०८१ पुस १८ | मध्यान्ह ०५:०९ बजे

अशोक यादव

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवा टाेलमा हुन गईरहेको श्रीमत भागवत कथा र नवाह यज्ञको लागी निकलश यात्रा निकालिएको छ । कुमारी कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल लिई बलुवासम्म कलश यात्रा निकालिएको हो।

 श्रीमत भागवत कथा र नवाह यज्ञको लागी १ हजार ८ कुमारी कन्याद्वारा कलश यात्रा निकालिएको थियो ।कलश यात्रामा विभिन्न बाजागाजासहित हजारौ हजार भक्तजनहरुले सोभा बढाएको थियो । बलुवाबाट निकालिएको कलश यात्रा कटहरिया बजार परिक्रमा गर्दै लालबकैया नदिमा पुगेको थियो ।

कलश यात्रमा स्थानीयहरुले अ-आफ्ना सवारी लिएर समेत सहभागी भएको थियो । बलुवामा हुन लागेको श्रीमत भागवत कथा र नवाह यज्ञमा मथुवाबाट रामगोपालले कथा वाचन गर्न आउने भएको आयोजकले जनाएको छ ।

उक्त कलश यात्रामा कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाल, पुर्व नगर प्रमुख शियाराम कुशवाहा साेहि वडाको वडा प्रत्यासि सुखल यादब , ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, ८ का वडा अध्यक्ष समिश बिक्रम शाह, ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहसहितको टोली लगायत स्थानीय नेता कार्यकर्ता भक्तजन तथा नगरको भद्रभ्लादमीहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु