धर्म–संस्कृति/रीतिथिति

तमु ल्होसार/ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : अध्यक्ष यादव

नवलपुर टुडे
२०८१ पुस १५ | बिहान ०७:०९ बजे

गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरू बीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गरे।

अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने बताए। साथै उनले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

कमेन्टहरु