मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सिटिजन्स बैंकद्वारा विच्छयाँ माविका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

उमेश रोकाया
२०८१ पुस १४ | मध्यान्ह ०१:०९ बजे

बाजुरा, पुष १४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको हिमाली गाउँपालिका १ विच्छयाँमा रहेको विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो ।

विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इ.सि.डी र कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत २ सय ११ जना विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो । विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

कमेन्टहरु