कर्णाली प्रदेश

कालिकोट केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युड भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ पुस १४ | बिहान ०९:०९ बजे

काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीयहरू त्रसित हुँदै आएका छन् । 

कमेन्टहरु