खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्डमा उपाधि बडिमालिका मावि

उमेश रोकाया
२०८१ पुस १३ | मध्यान्ह ०६:०९ बजे

बाजुरा, पुष १३ । हिमाली गाउँपालिका चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि बडिमालिका माध्यमिक बिधालय हात पारेको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” अभियानका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय धुलाचौरमा पुष १० देखि १३ गतेसम्म रनिङ सिल्ड सञ्चालन गरिएको हो। पालिका भित्रका ८ वटा माध्यमिक बिधालयका खेलाडी सहभागिता भएका हुन। रनिङ सिल्डमा बडिमालिका माध्यमिक बिधालय ८ रजत ६ कास्य ६ स्वण ल्याएर पहिलो स्थान, भवानी माध्यमिक बिधालय स्वण ८ रजत ५ कास्य ४ ल्याएर दोस्रो स्थान सफल र शैलेश्वरी माध्यमिक बिधालय स्वण ४ रजत ४ कास्य ३ ल्याएर तेर्सो स्थान हासिल गरेको छ।

जनता माध्यमिक बिधालय स्वण २ रजत ५ कास्य ३ बिच्छ्या माध्यमिक बिधालय स्वण २ रजत २ कास्य ५ बागेश्वरी माध्यमिक बिधालय स्वण २ रजत १ कास्य ३ युना माध्यमिक बिधालय स्वण ० रजत १ कास्य ३ ठुलाकोट माध्यमिक बिधालय स्वण ० रजत ५ कास्य ४ ल्याउन सफल भएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रघुनाथ अवस्थीले बताउनुभयो। खेलकुद प्रतियोगितामा बिजेता हासिल गर्ने पहिलो स्थान हासिल गर्ने बडिमालिका माध्यमिक बिधालयले सिल्ड र कप उचालेर पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गरेका छन। बिजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेटल सहित कार्यक्रम अतिथिहरुले हस्तान्तरण गर्नु भएको छ।

गाउँपालिका विजेता भएका खेलाडीहरु जिल्ला स्तरीय रनिङ सिल्डमा सिल्ड ल्याउने हुनेछ। सान्त्वना हुने खेलाडी भाइबहिनी उपयुक्त देखिन्छ। सबै खेलाडीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै रनिङ सिल्डमा सहयोग गर्ने सम्पुर्ण वर्गहरुलाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले धन्यवाद दिएका छन। गाउँपालिका अन्तर्गत सामुदायिक बिधालय तह कक्षा १० मा शैक्षिकसत्र २०८० सालका एस.ई.ई. परिक्षामा सहभागिता सर्व उत्कृष्ट नतिजा ल्याउने तीन वटा बिधालय बिधालयहरुलाई प्रमाणपत्र र नगदसहित पुरस्कार दिएको छ।

चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी पालिका प्रवक्ता तथा ४ का वडा अध्यक्ष भिमानन्द सहित जनप्रतिनिधि, राजनीतिक दल पाटी प्रतिनिधि, बिधालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, सुरक्षाकर्मी, खेल प्रशिक्षक संगै खेलाडीहरुको उपस्थितिमा चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड समापन गरिएको कार्यक्रम संचालक जयप्रकाश पाण्डेले बताएका छन।

कमेन्टहरु