समाचार

एन बी अनजान गजल साँझ सम्पन्न

दिप्शन गुरुङ
२०८१ पुस १३ | बिहान ११:०९ बजे

रिदेन महर्जन

काठमाडौं । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को  विमोचन र परिचर्चा कार्यक्रम  सम्पन्न भएकाे छ ।

पाेखरामा सम्पन्न कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के सी देवु, प्रमुख अतिथी पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त, विशेष अतिथी पुर्व प्राज्ञ कवि, गीतकार तथा वरिष्ठ गायीका हरिदेवी कोईराला, विशिष्ठ अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची रहेका थिए।

सो कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य संगीतका साधक तथा अनुरागीहरुको बृहत उपस्थिती रहेको थियो ।

कार्यक्रमको प्रथम चरणको संचालन अनेसास गण्डकी च्याप्टरका महासचिव असफल गौतमले गरेका थिए। आयोजक संस्थाका तर्फबाट स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा न्यौपानेले गरेकी थिईन् । कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य सिर्जनशील लोकतान्त्रीक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गीतकार कवि गायक पद्मराज ढकालले दिएका थिए ।

दोश्रो चरणको कार्यक्रम कवि गजलकार बाबू त्रिपाठीले शुरु गर्दै रेजा उपन्यासको पोखरा विमोचन प्रमूख अतिथी तथा सभाध्यक्षबाट गराई उपन्यासका सर्जक गणेश बाबू अधिकारी र सो उपन्यासका परिचर्चाकार असफल गौतमलाई छलफल तथा परिचर्चामा सहभागी गराउँदै रेजा बारे महत्वपूर्ण जानकारी उपस्थित सबै समक्ष पुर्याएका थिए। यसपछि कार्यक्रमको प्रमुख आकर्षण अनेसास पोर्चुगल च्याप्टरका महासचिव तथा कवि गलजकार लेखक एन बी अन्जानको गजल वाचन तथा उनका गजलमा गायक शुलभ घिमीरेबाट गजल गायन गराउँदा सभाहलमा सांगितिक माहोल कायम हुन पुगेको थियो।

गजल वाचन तथा गायन पश्चात् अनेसास केन्द्रीय सल्लाहकार सुमल कुमार गुरुङ, पुर्व प्राज्ञ हरिदेवी कोईराला तथा प्रमुख अतिथि पुर्वकुलपति सरुभक्तले कार्यक्रम सफल भएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै आयोजक संस्था, कार्यक्रम संयोजक प्रज्वल अधिकारी, सहजकर्ता बाबू त्रिपाठी, गजलकार एन बी अन्जान, उपन्यासकार गणेश बाबू अधिकारी तथा गायक सुलभ घिमीरेलाई बधाईज्ञापन तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरेका थिए । सो अवसरमा हरिदेवी कोईरालाले गीत समेत प्रस्तुत गरिन्।

कार्यक्रममा प्रमुख अतिथीलाई अनेसास गण्डकी प्रदेश समितीको तर्फबाट पुस्तक उपहार तथा कार्यक्रममा काठमाडौं देखि कार्यक्रम गर्न आएका पाँचैजना साहित्य संगीतका श्रष्टाहरुलाई आयोजक संस्थाले प्रशंसापत्र तथा पुस्तक उपहार प्रदान गरेको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष देवेन्द्र के सी देवुले कार्यक्रम सफल पार्न आ-आफ्ना क्षेत्रबाट महत्वपुर्ण भूमिका निभाउनुहुने सम्पुर्ण विद्वतजन साहित्य संगीत पारखी तथा साधकहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।photo 2024 12 28 11 52 37

कमेन्टहरु