समाचार

निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण

दिप्शन गुरुङ
२०८१ पुस १२ | मध्यान्ह १२:०९ बजे

रौतहट । मौलापुर नगरपालिका रौतहटले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल तिर्नका लागि तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त चेक मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई प्रदान गरिएको हो।

नगरपालिकाका अनुसार यो रकमबाट पुष, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुनेछ। चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत महसुल बापतको रकम विद्युत प्राधिकरण, मौलापुर शाखालाई उपलब्ध गराइसकेको छ।

यस्तै, नयाँ मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिई निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरिएको छ। यो कार्यक्रमले नगरवासीलाई आर्थिक भार घटाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।

मौलापुर नगरपालिका रौतहटले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल तिर्नका लागि तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त चेक मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई प्रदान गरिएको हो।

कमेन्टहरु