मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने

नवलपुर टुडे
२०८१ पुस १२ | बिहान ०९:०९ बजे

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
बिहीबार राति ९२ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री सिंहको निधन भएको हो । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ । भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।























