मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
वर्षौंदेखि अलपत्र गोलीगौंडा सडक निर्माणकार्य सुरु


बाजुरा, पुष ११ । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँच वर्षदेखि अलपत्र गोलीगौंडा सडक खण्डको निर्माणकार्य सुरु गरिएको छ। हिमाली गाउँपालिकाका ५ का वडा अध्यक्ष प्रदिप थापाले गएको मंसिर महिनाको २७ गतेदेखि अलपत्र परेको गोलिगौडो सडक खण्ड निर्माणकार्य सञ्चालन गरिएको छ। सबै वडामा सडक मार्गको पहुँच पुगे पनि आफ्नो वडाको केही गाउँमा सडक नपुगेको बताए। ठेकेदारको लापरवाहीका कारण वडाका स्थानीय सडक यातायातबाट बञ्चित रहेका उनले बताए । सडक यातायातको सुविधा नभएकाले त्यहाँका स्थानीय बासिन्दाले वडा कार्यालयमा पुुग्नकै लागि दुई घण्टा पैदल हिँड्नुु पर्ने बाध्यता हटाउने तिर लागिपरेको वडाअध्यक्ष थापाले बताए।
१ करोड विनियोजन दायित्व घटाएर हिमाली गाउँपालिकाले हामी मार्फत काम गर्छौं भनेर माग भएको हुनाले विभागले हस्तान्तरणका लागि पालिकाबाट ठेक्का निकाल्ने गरेर तर प्रक्रिया झन्झटिलो भएकाले दितिय हस्तान्तरण योजना आयोग र अर्थ मन्त्रालयमा फाइल अगाडि बढेर गाउँपालिका हस्तान्तरण हुन सकेको छैन। यदि फाइल फिर्ता आयो भने सडक डिभिजन कार्यालयले ठेक्का निकाल्छ होला। नभए हस्तान्तरण भयो भने पालिकाले निकाल्छ र कार्यान्वयन हुनेगरी बजेट जान्छ।
अधुरो गोलिगौडो सडक पहिला १ करोड ठेक्का बाट ३५ लाखबाट हालेको रहिछ। अहिले छुट्याएको बजेटबाट पहिलाको बजेट घटाएर काम गराउनु पर्छ भनेर अहिले सडक काम भैरहेको छ। बाकी दायित्व ३५ लाख घटाइसकेको बाकी नयाँ ठेक्का निकाल्ने कुरा थियो गाउँपालिकाबाट गर्ने काम भएकाले हस्तान्तरणको प्रक्रियामा फाइल उठिरहेको छ। त्यसको टुंगो नलागेको सडक डिभिजन कार्यालय साफेँबगर अछामका निमित्त डिभिजन प्रमुख नेत्र प्रसाद देवकोटाले बताउनुभयो।
बर्षौँदेखि साघुँरो गोरटो बाटोमा ज्यान जोखिममा राखेर हिडडुँल गर्दै आएका स्थानीयलाई सडक निमाणर् भए सजिलो होला भन्ने आशा पलाएको स्थानीय जनक मलाले बताए । उनले गाउँमा बजार नहुँदा चामल र नुन लिनका लागि धुलाचौर कवाडी पुग्ने गरे पनि बाटो सहज नहुँदा समस्या हुने गरेको बताए ।























