रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित


रौतहट । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। विद्यार्थीले ढुंगा प्रहार गरी नगरपालिका कार्यालयमा व्यापक क्षति पुर्याएका छन् भने पालिकाको गाडीसमेत तोडफोड गरी क्षति पुर्याएका छन्।
जिल्ला रौतहट गरुडा नगरपालिका ४ स्थित नगरपालिका कार्यालय अगाडि श्री नमूना माध्यमिक बिधालय गरुडा बौरियाका शिक्षक शिवशंकर झा को नगरपलिकाले सरुवा गर्न खोज्दा विद्यालयका विद्यार्थीहरु करिब २०० जनाको उपस्थितीमा नगरपालिका अगाडि नगर प्रमुख कन्थमुनि प्रसाद जयसवाल विरुद्धमा बाटो बन्द गरी प्रदर्शन गरेको छ ।
उक्त प्रदर्शनमा नगर प्रमुख चढने गाडीको सिसा,कार्यालयको झ्यालहरू ढुँगामुढा गरि फुटाएको छ । विद्यार्थीहरुले अझै आन्दोलन जारी नै राखेका छन्। यदि झा काे सरूवा गरेमा हामी अझै धेरै भन्दा धेरै कडा आन्दोलन गर्न आन्दाेलनमा सहभागी भएका एक बिद्यार्थीले नाम नराख्ने शर्तमा बताएका छन ।
उता मेयर जयसवालले भने याे बिद्यार्थीहरूलाई केही राजनीतिक दलका नेताहरूले उक्सायर यस्तो कार्य गर्न लगाएक आरोप लगाएका छन ।























