बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री
दिप्शन गुरुङ
२०८१ पुस ११ | मध्यान्ह १२:०९ बजे

काठमाडौँ, पुस ११ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उहाँले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताउनुभयो । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ रु फर्किएर नेपाल आउन के समस्या छ रु उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो रु यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।”
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।























