खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड हिमालीमा सुरु


बाजुरा, पुष १० । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन समारोह सुरु भएको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियानका साथ हिमाली गाउँपालिकाको आयोजनामा भवानी माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड सुरु गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन सञ्चालन गरिएको कार्यक्रम सञ्चालक धर्मराज पाण्डेले बताएका छ्न। पालिका भित्र रहेका ८ वटा माध्यमिक बिधालय खेलाडीहरुको सहभागिता रहेका छन। बुधबार एक औपचारिक गरेर खेल सञ्चालन गरेका छन। कार्यक्रम समापन संगै खेल अध्यक्ष मल्लले सटफुट उचालेर साथसाथै पहिलो दिनमा सटफुट तर्फ छात्र/छात्रा, दौड (ट्र्याक) तर्फ छात्र/छात्रा १ सय मिटर, ४ सय मिटर दौड र छात्र/छात्रा लङजम्प र त्रिपल जम्प तर्फ छात्र/छात्रा लङजम्प खेल गराएको शिक्षा बिकास तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थिले बताए।
हिमाली खेल क्षेत्र जिल्लाको पछाडि रहेकोे छ। जिल्ला स्तरीय रनिङ सिल्डमा कुनैपनी स्थान हासिल गर्न सकेनौं। खेल क्षेत्रमा अनुशासन विनाको कुनै विद्यार्थी अगाडि बढ्न सक्दैनन। खेल मर्यादा बनाउन पालिका बाहिर दुईवटा प्रशिक्षक ल्याएको छ। हिमाली गाउँपालिकाको अस्तित्व रहने खेल खेलाउनु पर्छ। पालिका भरीका सबै विद्यार्थी हाम्रा हुन खेल विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गर्न पाउनु पर्छ। प्रशिक्षकहरुले विद्यार्थी कला क्षमता निष्पक्ष रूपमा प्रस्तुत गर्न पाउनु पर्छ। विद्यार्थीलाई पालिका अध्यक्ष तथा राष्ट्रपति रनिङ सिल्डमा खेल खेलाएर राम्रो हुन्छ त्यो कल्पना नगर्दा हुन्छ कि भने विद्यार्थीलाई वर्षभरि खेल खेलाउनु पर्छ। राम्रो खेल खेल्ने खेलाडीलाई राम्रो स्थान दिनुपर्छ। रनिङ सिल्डलाई सफल पार्ने प्रशिक्षक, खेलाडी, कर्मचारी, सुरक्षाकर्मी लगायत सबैको महत्त्वपूर्ण भुमिका रहनुपर्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।
रनिङ सिल्ड प्रतियोगितामा छात्र/छात्रा भलिबल, एथेलेटिक्स दौड (ट्र्याक) तर्फ छात्र/छात्रा २०० मिटर ८०० मिटर १५०० मिटर ४×१०० मिटर ४×४०० मिटर उफ्रिने र फ्याक्ने (फिल्ड) तर्फ छात्र/छात्रा ज्याभलिङ थ्रो लगायतका खेलकुद सञ्चालन हुने बाकी रहेका कार्यक्रम सञ्चालक धर्मराज पाण्डेले बताएका छ्न। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरेको छ। अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, हिमाली गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ वडा अध्यक्ष भिमानन्द सहित जनप्रतिनिधि, राजनीतिक दल पाटी प्रतिनिधि, बिधालय प्रधानाध्यापक र बिधालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार, खेल प्रशिक्षक संगै खेलाडीहरु स्थानीयहरुको बाक्लो सहभागिता चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड आजबाट सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।























