देश

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

नवलपुर टुडे
२०८१ पुस १० | बिहान ०५:०९ बजे

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।

कमेन्टहरु