विजयनगरमा १६ गते हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाेे तयारी तीव्र

धर्मेन्द्र चौधरी
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सञ्चालनकाे लागि तीव्र तयारी गरिएकाे छ । यही १६ गते हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाे सम्पूर्ण तयारी भइरहेको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
शाखा प्रमुख बेल्बासेले गाउँपालिकाकाे वडा नम्बर ७ मा अवस्थित लाैटनराम द्राेपदी देवी माध्यमिक विद्यालय गणेशपुरकाे खेलमैदानमा हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सञ्चालन हुने बताए । मंगलबार खेलमैदानकाे अनुगमन गर्दै शिक्षा शाखा प्रमुख बेल्बासेले विविध विधामा हुने राष्ट्रपति रनिङ शील्डकाे व्यवस्थापनमा जाेड दिएकाे बताए ।
प्रतियोगितालाई सभ्यभव्य रुपमा सम्पन्न गरिने गरि गाउँपालिकाकाे टीम लागेको बताउँदै निरन्तर यस प्रतियोगिताकाे सञ्चालनले स्थानीय खेलाडी उत्पादन, खेलप्रति विद्यार्थीकाे रुचि र खेलकुद क्षेत्रमा विजयनगर गाउँपालिकालाई छुट्टै पहिचान दिलाउने गरि खेलाडी उत्पादनसमेत टेवा पुग्ने बताए ।
शिशा शाखा प्रमुख हरिहर बेल्बासे, वडा अध्यक्ष दिनेश कुमार चाैधरी, वास संयाेजक अर्जुन बेल्बासे र लाैटनराम द्राेपदी देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चाैधरीले खेलमैदानकाे अनुगमन गरेका हुन्।























