खेलकुद

यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

नवलपुर टुडे
२०८१ पुस ९ | मध्यान्ह ०२:०९ बजे

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिसले खेल सुरु भएको पहिलो मिनेटमा नै विक्रम गौतमले गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा सुवास बमले गोल गरेपछि पुलिस क्लब पहिलो हाफमै २-० को अग्रता बनाउन सफल भयो ।  

दोस्रो हाफको अतिरिक्त समयमा सोयम निमा पाख्रिन लामाले गोल गर्दै चर्च ब्वाईजको आशा जगाएका थिए । तर सो पछि चर्च ब्वाईजले गोल फर्काउन सकेन र हार भोग्न बाध्य भयो । पुलिसले लिगको आफ्नो अन्तिम खेल एनआरटीसँग खेल्ने छ। यसअघि मंगलबार नै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई समान २-० ले हराएको थियो ।  

मंगलबार नै हुने तेस्रो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टीम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । 

कमेन्टहरु